श्रीमन्नारायण
भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित मात्रै रहन सक्दैन। जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिक रूपमा त्यत्ति नै धनी र समृद्ध मानिन्छ। नेपालमा हिन्दी र संस्कृत भाषाहरुलाई विदेशी भाषा मान्न सकिदैन किनभने यसको उपयोग हाम्रो धर्म संस्कृति , संस्कार र सभ्यतामा पनि अभिन्न रुपमा हुदै आएको छ। नेपालमा हिन्दी भाषाको औचित्य र सान्र्दभिक्ता आज पनि छ। नेपालमा नेपालीपछि सर्वाधिक बोलिने, बुझिने र व्यवहारमा आउने भाषा हिन्दी नै हो। हिन्दीलाई विदेशी भाषा भनेर यसको स्वीकार्यता, आवश्यकता, महत्व एवं सान्दर्भिकतालाई औचित्यहीन सावित गर्न सकिंदैन।
नेपालमा राणा शासनकालमा खासगरिकन २००७ सम्म एउटा क्याम्पस र स्कूल मात्रै थियो र त्यसको परीक्षाको सञ्चालन पनि पटना विश्वविद्यालयमार्फत् नै हुने गरेको थियो। स्वभाविक रूपमा नै त्यतिबेला हिन्दी भाषा नेपालीहरूको निम्ति पनि अनिवार्य हुन गएको थियो। राणा शासकहरू पनि तराईवासीसँग हिन्दी भाषामा नै कुराकानी गर्न रूचाउँथे। त्यसपछिका दिनहरूमा देशका अनेकौं प्रधानमन्त्रीहरूले तराई–मधेसको क्षेत्रमा हिन्दी भाषाको प्रयोग गरेका छन्। हिन्दी भाषा नेपालीहरूको निम्ति पराई भाषा होइन यो हाम्रो निम्ति नेपालीपछि दोस्रो सम्पर्क भाषाको स्थान ग्रहण गर्ने अवस्थामा छ। प्रत्येक नेपाली दिनहुँ कुनै न कुनै रूपमा हिन्दी भाषाको प्रयोग गरिरहेका छन्। चाहे त्यो माध्यम भजन–कीर्तन, गीत–सङ्गित, समाचापत्र, साहित्यिक पत्रिका, धर्मशास्त्र, गजल अथवा हिन्दी भाषाका समाचार, कार्टून, सिनेमा एवं टिभी सिरियलहरू नै किन नहोस्।
विसं. २००८ सालदेखि देशमा शिक्षा संस्कृतिको क्षेत्रमा पनि जागरण आउन थाल्यो। रेडियो आदि सञ्चार माध्यममा हिन्दी भाषाको प्रयोग हुन थाल्यो। हिन्दी भाषामा अनेकौं समाचारपत्र पनि प्रकाशित हुन थाले साथै यसको विरूद्धमा षडयन्त्र पनि हुन थाले। यस षडयन्त्रको जन्मदाताको रूपमा एकजना अमेरिकी शिक्षा सल्लाहकार (डा. एचवी वूड)ले नेपाल सरकारलाई बुझाएको आप्mनो प्रतिवेदनमा प्रस्टरूपमा लेखेका थिए– संस्कृत मातृभाषा हो जबकि हिन्दीलाई विदेशी भाषा बताएका थिए। त्यतिबेला यसको चारैतिर उग्रविरोध भएको थियो। तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले यस अनावश्यक विवादलाई समाप्त पार्ने काम गरे।
एकपटक फेरि वि.सं. २०१० सालतिर हिन्दी भाषालाई विद्यालय र क्याम्पसको शिक्षाबाट हटाउने षडयन्त्र भयो। सम्पूर्ण तराईमा यसको कडा विरोध पनि भयो र यसको प्रतिक्रिया महेन्द्रनारायण निधिको अध्यक्ष्Fतामा ‘हिन्दी रक्षा समिति’को गठन पनि भएको थियो। त्यस समितिले तराईवासीहरूको अधिकारको रक्षाको सम्बन्धमा एउटा ज्ञापन पनि सरकारलाई बुझाएको थियो जसमा विधिवतरूपमा एउटा प्रस्ताव पारित गरी हिन्दीलाई सम्पूर्ण तराईको प्रतिनिधि भाषा तथा तराई र पहाडबीचको सम्पर्क भाषाको रूपमा स्थान दिइएको थियो।
देशमा नयाँ शिक्षा योजना लागू गरिएपछि प्राथमिक स्तरबाट नै हिन्दी भाषालाई हटाई नेपाली भाषालाई अनिवार्य मााध्यम बनाउने काम भयो। जब तल्लो कक्षाबाट नै हिन्दी भाषालाई हटाउने काम भयो अनि स्वभाविक रूपमा नै निम्न माध्यमिक, माध्यमिक तथा क्याम्पसमा हिन्दी भाषा पढ्नेहरूको सङ्ख्या कम हुने नै भयो। विस्तारै–विस्तारै नेपालका क्याम्पसहरूमा पनि हिन्दी भाषाको पढाई कम हुँदै गयो। हुन त त्रिभुवन विश्वविद्यालयमा अहिले पनि हिन्दी भाषाको पढाई हुने गर्दछ तर त्यसमा पढ्ने विद्यार्थीहरूको उत्साह भने कमजोर हुन्छ। हिन्दी भाषा नेपालमा प्राथमिक कक्षादेखि लिएर क्याम्पससम्म प्रचलनमा थियो र नियमित रूपमा यसको पठनपाठनमा रोक नलगाईएको भए यो नेपालमा नेपालीपछिको दोस्रो राष्ट्रभाषाको स्थान पनि ग्रहण गरिसकेको हुने थियो। नेपालमा प्रायः सबैजसो ठूला साहित्यकार, कवि एवं पूर्व प्रधानमन्त्रीहरू स्व. वीपी कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दी भाषामा उत्कृष्ट रचना गरेका छन्। हिन्दी भाषालाई विदेशी भाषाको रूपमा प्रचारप्रसार गर्ने तथा हिन्दीविरोधी जनमत बनाउने तथा भारतलाई विस्तारवादी भएको आरोप लगाउने हाम्रो देशका कथित राष्ट्रवादीहरू भारतीय भूमिमा पाइला टेक्ने बित्तिकै आप्mनो राष्ट्रियतालाई बिर्सिदिन्छन् र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा बोल्नुको सट्टा हिन्दी भाषामै बोल्न थाल्दछन् किनभने भारतीय सीमामा प्रवेश गर्ने बित्तिकै रिक्शाचालक, बस कन्डक्टर, रेलवे प्लेटफार्म तथा रेलवेका कर्मचारीहरू तथा रेलका सहयात्रीहरूसँग हिन्दी भाषामै कुराकानी गर्ने गर्दछन्। देशभित्र जुन भाषालाई घृणा गर्दछ भारतमा गएर त्यही भाषालाई आत्मसात गर्दछन्। हिन्दी भाषा कमोवेश उर्दू भाषासँग पनि मिल्दोजुल्दो खालको हुन्छ। भारतमा पचास लाखभन्दा बढी नेपाली कुनै न कुनै रूपमा जागिर गरेर आप्mनो जीविकोपार्जन गरिरहेका छन्। त्यसैगरी अरब राष्ट्रहरूमा पनि लाखौको सङ्ख्यामा गएका छन्। अरब राष्ट्रहरूमा पनि नेपालीहरूले हिन्दी भाषाको प्रयोग नै गरिरहेका हुन्छन् तसर्थ हिन्दी भाषाको मान्यताले नेपालीहरूलाई भारतसहित अरब राष्ट्र मात्रै होइन विश्वका अधिकांश देशहरूमा पनि बस्न र जागिर गर्न अपेक्षाकृत सहजता हुनेछ।
हिन्दी भाषालाई लिएर हाम्रFे देशमा आडम्बर देखाउने काम पनि अलि बढी नै भएको छ। नेपालमा हिन्दी बोल्दा हीनताबोधको अनुभूति हुने तर भारतमा गएर हिन्दी बोल्दा आपूmलाई बहुभाषी विद्वान ठान्ने आडम्बरका कारण जनता सामू समस्यामा उत्पन्न हुने गरेको छ।
विगत साढे दुई दशकदेखि नेपालको संसद्मा हिन्दी भाषा बोलिन्छ। रेडियो नेपालबाट दिनहुँ समाचार पनि प्रसारण हुने गर्दछ तसर्थ हिन्दी भाषा तराई–मधेस तथा पूर्वी एवं पश्चिम पहाडको जनताको निम्ति मात्रै होइन पूरै देशको सम्पर्क भाषा बन्ने अवस्थामा छ। नेपाली भाषापछि हिन्दीको स्थान नेपालमा अवश्य पनि छ।
राजकीय संरक्षण र सहयोगको अभावमा कुनै पनि भाषा एवं संस्कृतिको विकासहुन सक्दैन। नेपालमा जब–जब नेपाली भाषाको समकक्ष हिन्दी भाषालाई दोस्रो सम्पर्क भाषाको रूपमा मान्यता दिलाउने प्रयास गरिन्छ अनि क्षेत्रीय भाषाका अभियन्ताहरूलाई उचाल्ने काम गरिन्छ। यसको परिणामस्वरूप क्षेत्रीय भाषाका केही सीमित अगुवाहरू सरकारी बजेट हात पार्न सफल हुन्छन् तर यसबाट क्षेत्रीय भाषाको विकास भएको पाइदैन। आजसम्म नेपालीबाहेक अर्को कुनै पनि भाषा एवं साहित्यको उत्थान हुन नसक्नु यसको ठूलो उदाहरण हो। हिन्दी भाषाका प्रेमी, लेखक, विद्धान र साहित्यकारहरुले पनि यसको निम्ती आफनो क्षेत्रबाट सक्दो भुमिकाको निवार्ह गर्नुपछ।
नेपालको संविधानको धारामा (६) राष्ट्रभाषाको शीर्षकमा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने लेखिएको छ जबकि धारा (७) मा सरकारी कामकाजको भाषा सम्बन्धमा (१) देवनागिरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख छ। जबकि सोही धाराको उपधारा (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आप्mनो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषाहरूलाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिनेछ भन्ने उल्लेख छ जबकि उपधारा (३) मा भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भन्ने उल्लेख छ। यसरी उपधारा (३) को प्रावधानले भोलिका दिनमा विभिन्न किसिमको समस्या सिर्जना गर्ने र अनततः एक भाषाकै नीति प्रदेशमा पनि लागू हुने निश्चित छ।
नेपालको संविधानको धारा (३) राष्ट्रको परिभाषामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मानिएको छ। यस्तो अवस्थामा यहाँका सबै जातजाति एवं भाषाभाषीले आप्mनो भाषा एवं संस्कृतिको संरक्षण एकनाशले गर्न पाउनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन।
विश्वका अन्य कतिपय देशका भाषाहरूले भौगोलिक सीमालाई नाघी अन्य देशमा मान्यता प्राप्त गरेको अनेकौं उदाहरण छन्। अङ्ग्रेजी भाषा त विश्वकै भाषा बन्न गएको छ। हाम्रो राष्ट्रभाष नेपाली पनि भारतको संविधानमा मान्यता प्राप्त गरेको छ। अर्को देशको भाषालाई आत्मसात गर्दा कुनै देशको सार्वभौमिकतार अखण्डतामाथि खतरा आएको उदाहरण आजसम्म हेर्नमा आएको छैन। अरबी भाषा, साउदी अरबको भाषा हो तर अल्जेरिया, इराक, कुबेत, लेबनान, सिरिया, मोरक्को, ओमान, कतार, सुडान, ट्युनेसिया, यमन र युएइ जस्ता दर्जनौं राष्ट्रहरूले यसलाई आप्mनो राष्ट्रभाषा बनाएका छन्। स्पेनिस, स्पेनको भाषा हो तर भेनेजुएला, पेरू, पाराग्वे, पनामा, निकारागुवा, मेक्सिको, क्यूबा, चिली, ग्वाटेमाला र ब्रजीलको भाषा पनि स्पेनिस नै हो। फ्रेन्च, फ्रान्सको भाषा हो तर बेल्जियम,कङ्गो तथा आइभरकोष्टको भाषा पनि फ्रेन्च नै हो। जर्मन, स्वीट्जरल्यान्डको प्रमुख भाषा हो। ग्रीक साइप्रसको भाषा हो जबकी ग्रीस देशको स्थापना नै भाषाकै नाममा भएको हो। पोर्चुगलको भाषा पोर्चुगिस हो तर यो अल्जेरिया, ब्रजील र मोजाम्बिकको भाषा बन्न गएको छ। बङ्गाली भाषा बङ्गलादेशको राष्ट्रभाषा हो जबकि यसको राष्ट्रिय गीतकै रचनाकार भारतीय कवि हुन्। बङ्गाली भाषाका प्रायः सबै विद्वान एवं कविहरू भारतीयनै हुन्। वि.सं.२०१७ सालसम्म नेपालमा हिन्दीको उच्च स्थान थियो र यसको सान्दर्भिकता अहिले पनि छ।नेपालमा राणा विरोधी आन्दोलन होस, पुजीपत्ति तथा जमिन्दार विरोधी किसान आन्दोलन होस अथवा वि.सं. २०४६ सालको पंचायत विरोधी आन्दोलन होस् सबैमा हिन्दी भाषाका पर्चा, पोस्टर, नारा, कविता र साहित्यले ठूलो सहयोग गरेको तसर्थ कवि, लेखक,विद्वान र साहित्यकारहरुको आफ्नो भौगोलिक सिमा नभए जस्तै भाषाको पनि कुनै भौगोलिक सिमा हुदैन। नेपालमा हिन्दी भाषाको महत्व र सान्दर्भिकता छ।
