मेरो बारेमा !
मैले २०५३ सालमा चितवनको पारदर्शी साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका हुँ। पछि चितवनमै चितवन पोष्ट दैनिकमा प्रमुख संवाददाता र नारायणी दैनिकमा उपसम्पादक भएँ।
२०५७ पछि मकवानपुरमा पत्रकारिता गर्न थालेँ। २०५९ मा नेपाल पत्रकार महासंघ मकवानपुरको सचिव भएँ। प्रेस चौतारी नेपाल मकवानपुरको दुई कार्यकाल अध्यक्ष, केन्द्रीय सदस्य, सचिव, उपमहासचिव भएँ। पछि समाजवादी प्रेस संगठन नेपालको संस्थापक उपमहासचिव, महासचिव र नेकपा एकीकृत समाजवादीको संस्थापक केन्द्रीय प्रचार विभाग सदस्य भएँ।
अखबारी लेखन, दैनिक अखबार सम्पादनसँगै टेलिभिजन र अनलाइन पत्रकारितामा पनि चितवन, मकवानपुर, काठमाडौँ र मधेशमा संलग्न भएँ। नेपालका विभिन्न साप्ताहिक, दैनिक, अनलाइन र टेलिभिजनमा काम गरेँ। माउन्टेन, एभिन्युज, न्युज२४, सगरमाथा, जनता र नेपाल टेलिभिजनमा पनि कार्यक्रम निर्माता र प्रस्तोता भएँ। बागमती टेलिभिजनको संस्थापक र जनता टेलिभिजनमा प्रधानसम्पादक भएर काम गरेँ। सामुदायिक रेडियो मनहरी एफएम १०४.३ मेगाहर्जको संस्थापक उपाध्यक्ष हुँ।
पछिल्लो समय मधेशदृष्टि दैनिकको सम्पादक छु। २०८३ असोजदेखि टिभी वीरगंज डटकमको सम्पादक भएर काम गर्दैछु।
मेरो २०७० सालमा उपन्यास ‘स्याउली सिम्फोनी’ प्रकाशित छ। साहित्य र पत्रकारितामा जिल्ला, प्रदेश, केन्द्रीयस्तरका विभिन्न पुरस्कार पाएको छु । पत्रकारिताकै सिलसिलामा जनवादी गणतन्त्र चीनको तीनपटक भ्रमण गरेका छु। पत्रकारिताको लामो समय जनआस्था साप्ताहिकमा लेखेँ ।
पछिल्लो समय म आफ्नै युट्यबु ‘सिमली टेलिभिजन’मा ‘सिमली छाया’को निर्माता र प्रस्तोता हुँ।